
काठमाडौं, २२ माघ– जनतालाई स्वास्थ्य सेवाको सहज पहुँचभित्र ल्याउने उद्देश्यअनुरुप गरिएको स्वास्थ्य बिमा कार्यक्रममा कुन–कुन रोगको उपचार सेवा दिने निश्चित नहुँदा कार्यान्वयनमा समस्या भएको छ ।
सेवाग्राहीले बिमा रकमभन्दा बढीको उपचार खोजेपछि कर्मचारी हैरान भएका छन् । सरकारले ५० हजारबराबरको बिमा गराए पनि बिरामीहरुले सो भन्दा बढीको सेवा खोजेको वीर अस्पताल सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका प्रमुख टीका पनेरुले बताए ।
२५ सय रुपैयाँ तिरेर स्वस्थ्य बिमा गराउनेलाई सरकारले वार्षिक ५० हजार बराबरको स्वास्थ्य सेवा दिने गरेको छ, नयाँ पत्रिकमा खबर छ ।