०४ साउन २०८३, सोमबार

चिनियाँ प्रधामनन्त्रीलाई नेपाल भ्रमण गराउने पूर्वराजदूत हौलानको निधन

चिनियाँ प्रधामनन्त्रीलाई नेपाल भ्रमण गराउने पूर्वराजदूत हौलानको निधन

काठमाडौं २२ माघ-नेपालका लागि पूर्व चिनियाँ राजदूत याङ हौलानको ६२ वर्षको उमेरमा आइतवार चीनको राजधानी बेइजिङमा निधन भएको छ । सफल कुटनीतिज्ञ हौलानको आइतवार निधन भएको नेपाल चाइना मिडिया सोसाइटीका अध्यक्ष एवं हौलानका साथी किशोर श्रेष्ठले जानकारी दिए ।

हौलान सन् २०११ को जुनदेखि २०१३ को मार्चसम्म नेपालका लागि चिनियाँ राजदूत थिए । नेपालको कार्यकाल सकिएपछि उनी म्यानमारका लागि चिनियाँ राजदूत बनेका थिए । म्यानमारबाट फर्केपछि उनले कोरियाली प्रायद्पिमा उत्पन्न संकट समाधानका लागि जापान, उत्तर कोरिया, रसिया सम्मिलित वार्ता टोलीमा चीनको प्रतिनिधित्व गरेका थिए ।

हौलानको कार्यकालमा नेपालमा धेरै महत्वपूर्ण काम भएको चीन मामिलाका जानकार पत्रकार श्रेष्ठ बताउँछन् । ‘चिनियाँ प्रधानमन्त्री बेन जिआवाओको नेपाल भ्रमण हौलान कार्यकालको ठूलो उपलब्धि थियो,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘उनैको कार्यकालमा चीनको सुरक्षा मामिला हेर्ने तेस्रो पदाधिकारीको नेपाल भ्रमण भएको थियो ।’

राजदूत रहेको समयमा हौलान नेपालमा रहेका उनीहरूको मन जित्न तिब्बती क्याम्पमा समेत जाने गर्दथे । नेपालमा विदेशीहरूको चलखेल रहेको समयमा उनको भूमिका अत्यन्त मर्यादित रहेको कुटनीतिक मामिलाका जानकारहरू बताउँछन् । ‘नेपालसंग केरुङको बाटो खोल्नमा पनि उनको महत्वपूर्ण योगदान छ । नेपालका मिडियासँग पनि उनको राम्रो सम्बन्ध थियो,’ श्रेष्ठले भने । 

दुब्लो-पातलो शरीर भएका हौलानलाई लागेको रोगको विषयमा भने चिनियाँहरूले केही खुलाएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्