३० असार २०८३, मंगलबार

मोबाइल फोनमा सबैभन्दा बढी खर्च गर्ने कुलमान र दुलाल, टेलिकमले गर्‍यो सम्मान

मोबाइल फोनमा सबैभन्दा बढी खर्च गर्ने कुलमान र दुलाल, टेलिकमले गर्‍यो सम्मान

काठमाडौं, २२ माघ- नेपाल टेलिकमले गत आर्थिक वर्षमा सबैभन्दा धेरै खर्च गर्ने आफ्ना ग्राहकलाई सम्मान गरेको छ ।

२०७३ साउनदेखि ०७४ असार मसान्तसम्ममा फोन कल तथा इन्टरनेट चलाएर सबैभन्दा धेरै पैसा तिर्नेहरुलाई टेलिकमले सम्मान गरेको हो ।

टेलिकमको पोस्टपेड मोबाइल प्रयोग गरेर सबैभन्दा बढी बिल तिरेबापत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । उनले फोन कल र इन्टरनेट डाटा प्रयोग गरी १ लाख ९७ हजारको बिल तिरेको टेलिकमले जनाएको छ ।

यस्तै प्रिपेडतर्फ सबैभन्दा बढी (६४ हजार) खर्च गरेका पत्रकार पुष्प दुलाल पनि सम्मानित भएका छन् । दुलाल क्लिकमाण्डू डटकममा कार्यरत छन् ।

सबैभन्दा बढी बिल तिर्ने संस्था सूर्य नेपाल रहेको छ । ९ लाख ८७ हजार बिल तिरेको सूर्य नेपाललाई पनि सम्मानित गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्