२३ असार २०८३, मंगलबार

झण्डै २ साता लामो भ्रमणका लागि पूर्वराजा शाह भारत प्रस्थान

झण्डै २ साता लामो भ्रमणका लागि पूर्वराजा शाह भारत प्रस्थान

काठमाडौं, २२ माघ- झण्डै २ साता लामो भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन् ।

पूर्वराजा शाह एयर इण्डियाको नियमित उडानबाट सोमबार कोलकत्ता प्रस्थान गरेका हुन् ।

उनी उडिसास्थित पूरी मठका गुरु शंकराचार्य निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५औं वार्षिकीका अवसरमा आयोजित कार्यक्रममा सरिक हुने बताइएको छ ।

त्यसक्रममा उनले उडिसामै रहेका जगन्नाथ पुरी, लिंगराज मन्दिर, भुवनेश्वर, सखिगोपाल लगायतका मन्दिरको दर्शनसमेत गर्नेछन् ।

उडिसामा शाहलाई नागरिक अभिनन्दनसमेत गर्ने जनाइएको छ ।

भारत प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शाहले हिन्दूत्व जोगाउन आफू भारत जान लागेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्