२० असार २०८३, शनिबार

अय्यारी फिल्मलाई सेन्सर बोर्डले पास गरेन

अय्यारी फिल्मलाई सेन्सर बोर्डले पास गरेन

काठमाडौं, २२ माघ — बलिउड फिल्मलाई सेन्सर बोर्डले पास नगरेसम्म रिलिज हुन पाउँदैनन् । हालै नीरज पाण्डेको सैनिक पृष्ठभूमिमा बनेको फिल्म अय्यारीलाई सेन्सर बोर्डले पास गरेको छैन । 

रक्षा मन्त्रालयले फिल्मका केही कुरामा आपत्ति उठाएकाले पास हुन नसकेको हो । ती कुरालाई संशोधन गर्न भनिएको छ । 

सिद्धार्थ मल्होत्रा, मनोज बाजपेयी, रकुल प्रीत सिंह र पूजा चोपडाको अभिनय रहेको फिल्म यही शुक्रवार रिलिज हुने कुरा छ तर सेन्सरको सर्टिफिकेट नपाएकाले रिलिजमा शंका उठेको छ । 

फिल्ममा सेनाका दुई फरक विचारधारा भएका व्यक्ति र उनीहरूको निर्णयले जन्माएको द्वन्द्व देखाइएको छ । 

फिल्मको कन्टेन्टका विषयमा प्रश्न उठेपछि सूचना तथा प्रसारण मन्त्रालयको रिभाइजिङ कमिटीका लागि स्पेसल स्क्रीनिङ राखिएको थियो । त्यसमा रक्षा मन्त्रालयका अधिकारी पनि संलग्न थिए । 

फिल्ममा कस्ता परिवर्तन हुनेछन् भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । सामरिक दृष्टिकोणले गर्दा यस्तो जानकारी नदिइएको बताइएको छ । फिल्म निर्माताले अब परिवर्तन गरेर सेन्सरसमक्ष प्रस्तुत गर्नुपर्नेछ । एक हप्ताभन्दा
पनि कम समय हुँदा ओभरसीज डेलभरी कसरी गर्ने हो भन्ने प्रश्न पनि छ । 

पद्मावतसँग नजुधोस् भनेर अय्यारीको रिलिज धकेलिएको थियो । अक्षय कुमारको प्याडम्यानसँग यो फिल्म जुध्नेछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्