३० जेठ २०८३, शनिबार

शिवम् न्यु डायमण्ड कप महिला भलिबल, उपाधिका लागि भिड्ने भए  यी दुई टीम

शिवम् न्यु डायमण्ड कप महिला भलिबल, उपाधिका लागि भिड्ने भए  यी दुई टीम

काठमाडौं, २२ माघ–शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यू डायमण्ड र र एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको खेलको पहिलो सेमिफाईनल खेलमा शिवम् न्यू डायमण्डले पोखराको टप्सउपाबीलाई ३–१ को सेटमा हरायो ।  दोश्रो सेमिफाईनल खेलमा  एपीएफले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउदै फाइनलमा स्थान बनायो ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा आयोजक टोली शिवम् न्यू डायमण्ड एकेडेमीले टप्सउपाबीलाई २५–९, २२–२५, २५–१८ र २५–१५ को सेटमा हरायो । 
शिवम् न्यू डायमण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेकी दोश्रो रोजाईकी ओपन स्पाईकर पनमिका राई वुमन अफ दी म्याच चुनिइन् । 
शिवम् सिमेन्टको मुख्य प्रायोजनमा संचालन भएको  प्रतियोगिताको दोश्रो सेमिफाईनल खेलमा वुमन अफ दी म्याच चुनिएकी क्विक स्पाईकर हिरा केसीको महत्वपूर्ण योगदानमा एपीएफले बिभागीय प्रतिद्वन्द्वी आर्मीलाई २५–१५, २५–१७ र २५–६ कोसेटमा हरायो ।
 प्रतियोगितामा वुमन अफ दी म्याच चुनिएका खेलाडीहरुलाई स्पोर्टस् पोशाक उत्पादन कम्पिनी साहास स्पोर्टस्का प्रमुख जनक न्यौपानेले प्रायोजन गरेका छन् । साहास स्पोर्टस्ले प्रतियोगिताका वुमन अफ दी म्याचका सम्पूर्ण खेलाडीहरुलाई आफ्नो ब्रान्टको ट्रायक–सुट उपलब्ध गराएको छ ।

मंगलबार प्रतियोगिताको फाइनल खेल आयोजक टोली र एपीएफबीच हुनेछ । त्यस्तै टप्स स्कुल र आर्मीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तीन दिने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने भनिए पनि नेपाल पुलिस र श्रीगाउँ खेलकुद बिकास समिति दाङको टोलीले सहभागिता नजनाएपछि चार टोलीबीच मात्र प्रतिस्पर्धा गराइएको हो । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, उपबिजेताले १ लाख १ हजार तथा तेस्रो र चौथो हुनेले क्रमसः ५१ र २१ हजार पुरस्कार पाउनेछन् ।


यसैबीच आयोजक भ्यालीपब्लिक र बालबिकास ए अन्तरविद्यालय फुटबल फाएभ ए साईट प्रतियोगितामा सोमबार उपाधि नजिक पुगेका छन् । पहिलो सेमिफाईनल खेलमा सक्षम राईको २ गोलको मद्दतले भ्यालीले हिमालयनलाई २–१ गोल अन्तरले हरायो । हिमालयनका क्षितिज लामाले एक गोल फर्काए ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा बालबिकास ए ले बालबिकास बी लाई ३–१ गोलअन्तरले हराउँदै भ्यालि पब्लिकसँगको उपाधि भेट पक्का ग¥यो ।

बालबिकास एको जितमा पवन तामाङले २ तथा सुरज तामाङले १ गोल गरे । बालबिकास बी का रुपेश रुम्बाले सान्त्वना गोल फर्काए । फाइनल खेल बुधबार हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्