०३ असार २०८३, बुधबार

काँग्रेस प्रदेश नं २ को संसदीय दलमा यादव सर्वसम्मत

काँग्रेस प्रदेश नं २ को संसदीय दलमा यादव सर्वसम्मत

जनकपुरधाम, २२ माघ - नेपाली काँग्रेस प्रदेश नं २ को संसदीय दलका नेतामा रामसरोज यादवलाई चयन गरिएको छ । 

काँग्रेसबाट प्रदेश नं. २ मा प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसदको आज यहाँ बसेको बैठकले उहाँलाई सर्वसम्मतिबाट संसदीय दलका नेतामा चयन गरेको हो । 

धनुषा निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट निर्वाचित यादव काँग्रेसको धनुषा जिल्ला सभापतिसमेत हुनुहन्छ । 

त्यस्तै सङ्घीय समाजवादी फोरमले प्रदेश नं २ को संसदीय दलका नेतामा लालबाबु राउत गद्दीलाई सर्वसम्मतिबाट चयन गरिसकेको छ भने राष्ट्रिय जनता पार्टी, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेता चयन गर्न सकेका छैन् । 

salt training

कमेन्ट गर्नुहोस्