३१ जेठ २०८३, आइतबार

वन्यजन्तुको उपचार गर्न जनशक्ति अभाव, संक्रमण फैलिँदा सकस

माघ २३, २०७४
वन्यजन्तुको उपचार गर्न जनशक्ति अभाव, संक्रमण फैलिँदा सकस

चितवन, २३ माघ– नेपालमा वन्यजन्तुको उपचार गर्न जनशक्तिको अभाव देखिएको छ । कुल क्षेत्रफलको झण्डै २४ प्रतिशत क्षेत्रफलमा वन्यन्तुको बसोबास रहे पनि वन्यजन्तु उपचारमा मुलुकले पर्याप्त ध्यान दिन सकेको पाइँदैन । 

वन तथा भूसंरक्षण मन्त्रालयले हालसम्म एक जना वरिष्ठ पशु चिकित्सकको भरमा वन्यजन्तुको उपचार गर्दै आइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमलप्रसाद गैरे वन्यजन्तुको उपचार गर्न प्रविधि र लगानी ज्यादै कम भएको बताउँछन् । 

“मानिस, घरपालुवा र वन्यजन्तुको उपचार अब एकै स्थानबाट गर्नुपर्छ भन्ने अवधारणा आइरहेका छन्”, उनले भने, “तर, हालसम्म वन्यजन्तु चिकित्साको राम्रोसँग विकास भएको छैन ।” उनले वन्यजन्तुमा महामारी फैलिए नियन्त्रण गर्न निकै कठिन हुने अवस्था रहेको बताउँछन् ।

“बर्डफ्लु संक्रमण फैलिँदा निकै सकस खेप्नुपरेको थियो,” उनले भने, “वन्यजन्तुमा महामारी आएमा रोक्न निकै चुनौती देखापर्ने अवस्था छ, न जनशक्ति छन्, न प्रविधि नै छ ।” उनी २५ वर्षदेखि निकुञ्जमा कार्यरत छन् । उनी वन्जन्तुको उपचारका लागि देशभरी दौडनुपर्ने अवस्था छ, कारोबारमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्