२२ असार २०८३, सोमबार

एक्लै रुँदै बस्छिन् करिना

माघ २३, २०७४
एक्लै रुँदै बस्छिन् करिना

काठमाडौं, २३ माघ– अभिनेत्री करिना कपुरले आफू पति सैफअली खानलाई सम्झिएर रुने गरेको खुलासा गरेकी छन् । करिनाले हालै दिएको एउटा अन्तर्वार्तामा सैफ सुटिङका लागि घरबाहिर निस्किँदा आफूले आसँु थाम्न नसक्ने गरेको बताएकी हुन् ।

‘जब सैफ सुटिङका लागि घरबाट निस्किन्छन्, म उनलाई धेरै मिस गर्छु । उनलाई सम्झिएर एक्लै रोएर बस्छु,’ करिनाले भनेकी छिन्, ‘मलाई उनको निकै माया लाग्छ ।’

करिनाले आफू घरमा छोरा तैमुरको स्याहार सुसारमा व्यस्त हुँदासमेत पति सैफको यादमा रहने बताएकी छन् । उनीहरुले लामो समयको प्रेमलाई सन् २०१२ मा बिहेमा परिणत गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्