१४ असार २०८३, आइतबार

कंगनाको नयाँ फिल्म मणिकर्णिकामा विवाद

कंगनाको नयाँ फिल्म मणिकर्णिकामा विवाद

काठमाडौं, २३ माघ — ऐतिहासिक पात्रहरूमा आधारित फिल्महरू विवादमा घेरिइरहेका हुन्छन् । बलिउडमा पद्मावतमा चरम विवाद भएपछि अहिले कंगना रनावतको आगामी फिल्म मणिकर्णिका ः द क्वीन अफ झाँसीमा विवाद उठिरहेको छ । 

ऐतिहासिक तथ्यहरूलाई विकृत गरेर रानी पद्मावतीलाई बदनाम गर्ने कोशिश गरिएको भन्दै फिल्मको विरोध गरिएको थियो । तर सञ्जय निर्देशक सञ्जय लीला भन्सालीले फिल्ममा आपत्तिजनक कुरा केही पनि नरहेको बताउँदै आएका थिए । अनि फिल्ममा कुनै आपत्तिजनक कुरा नदेखिएको बरू राजपूतको आनबानशान झल्किएको भन्दै विरोध गरिरहेको करणी सेनाले आन्दोलन फिर्ता समेत लिइसकेको छ । 

अहिले राजस्थानमा कंगनाको फिल्मको शूटिङ चलिरहेको छ अनि करणी सेना जस्तै सर्व ब्राह्मण महासभाले मणिकर्णिकाको विरोध गरिरहेको छ । 

महासभाका राज्य अध्यक्ष सुरेश मिश्राले सोमवार राजस्थान सरकारसँग शूटिङ तत्काल रोकेर फिल्मले ऐतिहासिक तथ्यलाई नबिगारेको सुनिश्चित गर्न राजस्थान सरकारलाई आग्रह गरेका छन् । फिल्ममा आपत्तिजनक दृश्य नभएको आश्वासन आफूहरूलाई दिनुपर्ने अनि मात्र आफूहरूले फिल्मको शूटिङ गर्न दिने उनको भनाइ छ । 

तीन दिनभित्र सरकारले आफ्नो भनाइ नमानेमा विरोध चर्काउने उनले पत्रकार सम्मेलनमार्फत चेतावनी दिए । 

मिश्राले भने, ‘निर्माताहरूले रानी लक्ष्मीबाई र एक अंग्रेजबीच प्रेमगीत शूट गरिरहेको हामीले खबर पाएका छौं । जयश्री मिश्राको विवादास्पद पुस्तक रानीमा आधारित रही यो फिल्म बनाइएको शंका हामीलाई छ । हामीले निर्माता कमल जैनलाई चिट्ठी लेखेर स्क्रिप्टको जानकारी दिन भनेका थियौं । फिल्म निर्माताहरूले सम्पर्क गरेका इतिहासकारका बारेमा पनि जान्न चाहन्छौं । फिल्मको विरोध पद्मावतको जस्तो हिंस्रक नहोस् भन्नका लागि सरकारले कदम उठाउनुपर्छ ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्