३० जेठ २०८३, शनिबार

मध्यरातमा आयो राष्ट्रियसभा निर्वाचनको अन्तिम नतिजा : कुन दललाई कति सिट ?  (पूर्णसूची)

मध्यरातमा आयो राष्ट्रियसभा निर्वाचनको अन्तिम नतिजा : कुन दललाई कति सिट ?  (पूर्णसूची)

काठमाडौं, २५  माघ– राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ | बुधबार मध्यरात प्रदेश नम्बर ६ को पनि नतिजा आएसँगै सबै मतगणना सकिएको हो  | राष्ट्रियसभा सदस्यका कुल ५९ सिटमध्ये ५६ जना निर्वाचित भएका छन्   भने  बाँकी  ३ जना सरकारले मनोनयन गर्ने व्यवस्था छ । 
राष्ट्रियसभा सदस्यमा २४ जना निर्वाचन अगाडि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने बुधवार ३२ सिटका लागि मतदान भएको थियो । 
प्रदेश २ मा कूल ८ सिटमध्ये सबैजना निर्विरोध निर्वाचित भएका थिए भने बुधवार प्रदेशनम्बर १, ३, ४, ५, ६ र ७ मा मतदान भएको थियो । 

विजयी उम्मेदवार 
 

प्रदेश १

एमाले

१) नैनकला ओझा 

२) हरिचरण शिवाकोटी

३) पर्शुराम मेघी गुरुङ 

४) खेम नेपाली

५) अगमप्रसाद वान्तवा

कांग्रेस

१) सरिता प्रसाईं (कांग्रेस)
२) रमेशजंग रायमाझी (कांग्रेस)

माओवादी केन्द्र

१) बिना पोखरेल 

प्रदेश २

राजपा

१) रमेश यादव

२) वृशेषचन्द्र लाल

फाेरम

१) रामप्रित पासवा

२) प्रमिलाकुमारी यादव

कांग्रेस

१) मुक्ताकुमारी यादव

२) जितेन्द्र देव

एमाले

१) सुमन प्याकुरेल

माओवादी  केन्द्र

१) शशिकला दाहाल 

प्रदेश ३
एमाले

१) दिलकुमारी रावल
२) सिंहबहादुर विश्वकर्मा
३) रामचन्द्र राई
४) बलराम प्रसाद बास्कोटा 
५) उदय शर्मा 
कांग्रेस
१)    धनकुमारी खतिवडा 
२)    राधेश्याम अधिकारी 

माओवादी केन्द्र 
-रामबहादुर थापा 'बादल'

    
 

प्रदेश ४
कांग्रेस

१) प्रकाश पन्थ 
२) बिन्दादेवी आले 
३) सुरेन्द्र राज पाण्डे 

एमाले 
१)    दीपा गुरुङ 
२)    शान्ती कुमारी अधिकारी 
३)    गणेश प्रसाद तिमल्सेना 
माओवादी केन्द्र 
१)    खिम कुमारी बिक
२)    दीनानाथ शर्मा  


प्रदेश ५
एमाले

१) कोमल वली 
२) मीना बुढा
३) रामलखन चमार
४) खिमलाल भट्टराई

कांग्रेस
१) अनिता देवकोटा
२) दुर्गाप्रसाद उपाध्याय
माअाेवादी केन्द्र 
१) राजकुमार कुँवर
२) चन्द्रबहादुर खड्का

प्रदेश ६
एमाले

१)    नरपति लुहार
२)    कविता बोगटी 
३)    नन्दा शर्मा 
४)    भैरव सुन्दर श्रेष्ठ 
५)    ठगेन्द्र प्रकाश पुरी 
माअाेवादी केन्द्र
१)    जीवन बहादुर बुढा 
२)    युटुल लामा  
३)    कालीबहादुर मल्ल 

प्रदेश ७
एमाले

१) चक्रप्रसाद स्नेही
२) कमला ओली
३) इन्दु कडेरिया विष्ट
४) शेरबहादुर कुँवर

कांग्रेस
१) बद्रीप्रसाद पाण्डे
२) तारादेवी भट्ट
माअाेवादी केन्द्र
१) हरिराम चौधरी
२) महेशकुमार महरा


 

salt training

कमेन्ट गर्नुहोस्