
पोखरा, २५ माघ –पोखराको फेवातालमा जमेको फोहोर र जलकुम्भी झार झिक्नका लागि ल्याइएको मशिनको बिहीवार उद्घाटन गरिएको छ ।
कास्कीका सांसद एवं संसदको विकास समितिका पूर्व सभापति रवीन्द्र अधिकारीले बिहीवार सो मशिनको उद्घाटन गरेका हुन् ।
फेवातालको बाराही घाटमा आयोजित कार्यक्रममा सांसद अधिकारीले चालकको सीटमा बसेर मशिन उद्घाटन गरेका हुन् ।
सांसद अधिकारीको अग्रसरतामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा जलकुम्भी झार निकाल्ने मशिन किनिएको हो ।
आधुनिक प्रविधिको मशिन आएपछि फोवातालको सौन्दर्यता बढ्ने सांसद अधिकारीले बताए ।