२१ जेठ २०८३, बिहीबार

अनमोलको फिल्म हेर्न १६ वर्ष मुनिकालाई यस्तो व्यवस्था

अनमोलको फिल्म हेर्न १६ वर्ष मुनिकालाई यस्तो व्यवस्था

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आउँने अनमोल केसी अभिनित चलचित्र ‘कृ’ सेन्सर पास भएको छ । १६ बर्ष मुनिका दर्शकले अभिभावकका साथ मात्र हेर्न मिल्ने प्रमाणपत्र दिदै चलचित्र सेन्सर बोडले ‘कृ’ पास गरेको हो ।

 बुधबार सेन्सरले दिएको प्रमाण पत्र निर्माता सुवास गिरीले सामाजिक संजालबाट सार्वजनिक गर्दै चलचित्र सेन्सर पास भएको जानकारी दिएका हुन् । यो चलचित्रमा अभिनेता अनमोल केसी एक्सन र क्युट गरेर दुई अवतारमा देखिएका छन् । 

केही चलचित्रमा लभर ब्वाइको रुपमा परिचित अनमोल यो चलचित्रबाट भने एक्सन हिरोको रुपमा चिनिने निर्माण युनिटको भनाई रहेको छ । सुवास इन्टरटेन्मेन्टको निर्माणमा ‘द सुपर काजोल फिल्मस्’को प्रस्तुति रहेको यो चलचित्रमा अनमोल केसी, अदीति वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।
 

salt training

कमेन्ट गर्नुहोस्