२८ जेठ २०८३, बिहीबार

भ्रष्टाचार अभियोगमा बंगालादेशकी पूर्व प्रधानमन्त्री खालिदालाई पाँच वर्षको जेल सजाय

भ्रष्टाचार अभियोगमा बंगालादेशकी पूर्व प्रधानमन्त्री खालिदालाई पाँच वर्षको जेल सजाय

काठमाडौं, २५ माघ– बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा विपक्षी पार्टी बीएनपीकी प्रमुख खालिदा जियालाई पाँच वर्षको जेल सजाय भएको छ । 

जिया अनाथालय न्यासमा भ्रष्टाचार मामलामा खालिदामाथि सन् २००८ मा मुद्दा दर्ता भएको छ । फैसलापछि बंगलादेशमा सुरक्षा बढाइएको छ । 

बंगालादेशको राजनीतिमा यस फैसलाले ठूलो असर पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । किनकी खालिदामाथि दुई साल भन्दा धेरैको सजाय भएका कारण उनी आगामी चुनावमा हिस्सा लिन पाउने छैनन् । जसको सीधा फाइदा शेख हसीनाको पार्टीमा हुने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्