२८ जेठ २०८३, बिहीबार

करणको छोरा छोरीको बर्थडेमा तैमुरले गरे यस्तो

करणको छोरा छोरीको बर्थडेमा तैमुरले गरे यस्तो

करीना कपूर खानका छोरा तैमुर अली खानले एक फेरि देखाएका छन् कि उनलाई क्यामरासँग कति प्रेम छ भनेर । तैमूर जब क्यामरा देख्छन् तव उनी उत्तेजक हुन्छन् । यस्तै देखिएको छ करण जोहरको बच्चा यश तथा रुहीको बर्थ डे पार्टीमा । 

७ फेब्रुअरीमा यश र रुहीको पहिलो जन्मदिन थियो । करणले आफ्नो घरमा पार्टी राखेका थिए । सामाजिक सञ्जालमा एक भिडियो अगाडि आयो जसमा तैमूर कारमा करीनाको काखमा बसेका छन् र क्यामेरा देखेपछि खितखित हास्न थाल्छन् । 

तैमुरको भिडियो सामाजिक सञ्जालमा चाडै भाइरल हुन्छ । उनी जहाँ जान्छन् उनको तस्वीर खिच्नेको भीड हुने गरेको छ । 

यश र रुहीको बर्थडेमा तैमूरका अलावा शाहरुख खानका छोरा अबराम, तुषार कुपुरका छोरा लक्ष्य, अभिषेक र ऐश्वर्याकी छोरी आराध्या पुगेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्