
काठमाडौं, २५ माघ– आईसीसी डिभिजन टू अन्तर्गत नामिबियासँगको पहिलो खेलमा नेपालले ७ विकेट लिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले २८ ओभरको खेल सकिँदा नामिबियाको ७ विकेट लिएको हो ।
नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले समान २–२ विकेट लिए भने कप्तान पारश खड्का, सरद भेषवाकर र बसन्त रेग्मीले समान १–१ विकेट लिए । २८ ओभरको खेल सकिँदा नामिबियाले ११९ रन बनाउन सकेको छ ।