२१ जेठ २०८३, बिहीबार

भोकमरीले ग्रस्त छ यो देश, मानिसहरू माटोको बिस्कुट खान बाध्य

भोकमरीले ग्रस्त छ यो देश, मानिसहरू माटोको बिस्कुट खान बाध्य

काठमाडौं, २४ माघ — हाइटीमा चरम भोकमरीका कारण त्यहाँका मानिसहरू फोहोर र माटोले बनेको बिस्कुट खान बाध्य भएका छन् । त्यहाँका लाखौं मानिस कुपोषित छन् र उनीहरू पौष्टिक आहारको खर्च उठाउन सक्दैनन् । 

हाइटी संसारकै दरिद्रतम मुलुकमध्ये एक हो । त्यहाँ लाखौं मानिस फोहोरमा बस्न बाध्य छन् । करीब तीन लाख मानिसका लागि पर्याप्त भोजनको व्यवस्था छैन । भोक नै त्यहाँको सबभन्दा ठूलो समस्या हो । 

जम्मा १० प्रतिशत हाइटीवासीले देशको ७० प्रतिशत अर्थतनत्रमा कब्जा जमाएका छन् । बाँकी ९० प्रतिशत जनसंख्यामध्ये धेरैजसो दिनको एक डलरमा गुजारा चलाउन बाध्य छन् । 

हाइटीमा कुपोषणको स्थिति भयावह छ र मानिसहरू माटोको बिस्कुट खान बाध्य छन् । 

त्यहाँ फलफूल, दूध, दही र सागपातलाई विलासिताका कुरा मानिन्छ । भोक मेटाउनका लागि गरीब हाइटीवासीहरू नून, वनस्पति तेल र माटोको मिश्रण गरेर खानेकुरा बनाउँदै खाने गरेका छन् । 

माटोको बिस्कुटलाई उनीहरू बोनबोन टेरेस भन्छन् । यस्तो बिस्कुट बनाउने एक महिला सिलेन डेनिसले बताएअनुसार, बिस्कुटले पेट भरिदिन्छ । केही खानेकुरा नहुँदा आफूहरूले यही बिस्कुट खाएर पेट भर्ने गरेको उनी बताउँछिन् ।

माटोमा पानी हालेर डल्लो तयार पारेपछि बिस्कुटलाई घामको तातोमा सुकाइन्छ । हाइटाका केही क्षेत्रमा बिस्कुट बेच्ने पनि गरिएको छ । माटोलाई एक ठाउँमा खनेर पहाडी क्षेत्रमा लगिन्छ । बिस्कुट बनाउने महिलाहरूले यी
बिस्कुटहरूमा प्रशस्त क्याल्सियम र भिटामिन हुने बताए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्