०८ असार २०८३, सोमबार

अदालतको फैसलापछि फरार रहेका चारजना पक्राउ

अदालतको फैसलापछि फरार रहेका चारजना पक्राउ

नुवाकोट, २५ माघ–अदालतको फैसलापछि फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरी जरिवाना भुक्तानका लागि नुवाकोट जिल्ला अदालतमा पेश गरेको छ । 

फरार प्रतिवादी तथा अपराधीलाई पक्राउ गरी जरिवाना तथा कैद भुक्तान गराउन सक्रिय प्रहरीले एकै दिन चार जनालाई पक्राउ गरी अदालतमा पेश गरेको हो । 

विभिन्न मितिमा साविक रालुकादेवी गाविस – ८ बस्ने गोपी परियार र पातली तामाङलाई केही सार्वजनिक अपराध मुद्दामा तथा विदुर नगरपालिका – ४ का मनकुमारी विश्वकर्मा र वीरबहादुर तामाङलाई गाली बेइज्जती मुद्दामा जरिवाना नतिरी फरार भएपछि प्रहरीले पक्राउ गरी बुधबार अदालतमा बुझाइएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्