२९ जेठ २०८३, शुक्रबार

किन प्रयोग नगर्ने एउटै तेल धेरै पटक

माघ २६, २०७४
किन प्रयोग नगर्ने एउटै तेल धेरै पटक

खाने तेल स्वास्थकर खानुपर्छ भन्ने अधिकांशलाई ज्ञान छ । बजारबाट राम्रै तेल खरिद गरेर भान्सामा ल्याइन्छ । 
तर, भान्सामा सही तरिकाले नराख्दा या प्रयोग गलत हुँदा अस्वस्थकर तेल खाएको भने धेरैलाई पत्तो नहुन पनि सक्छ । बजारबाट ल्याएका स्वास्थ तेल सेवन गर्दासम्म यसरी अस्वस्थकर बन्न सक्छ । 

खुला मुख भएको भाँडोमा राख्दा भान्सामै तेल अस्वस्थकर हुन सक्छ । खोने तेल जहिले पनि साघुँरो मुख भएको भाँडोमा राख्नुपर्छ । खुला मुख भएको भाँडोमा राख्दा अक्सिजन धेरै छिर्न पाउँछ । तेलमा अक्सिजन मिसिनु भनेको पानीको मात्रा पर्नु हो । यो अवस्थामा तेल चाँडै बिग्रिन्छ ।

तेल फ्याटी एसिड भएकाले अक्सिजन र पानीको रियाक्सन हुँदा फ्री फ्याटी एसिड बन्छ । साना र्याडिकलहरु तयार हुन्छन् र रियाक्टिभ भएर स्वास्थ्यमा असर पर्छ । 

लामो समयसम्म एउटै भाँडोमा राख्दा पनि तेल बिग्रिन्छ ।  तेल राख्ने भाँडो बदल्ने तथा बेला–बेला सफा गर्नुपर्छ ।

एकपटक प्रयोग गरी सकेको तेल तत्काल अर्को परिकारमा प्रयोग गर्न सकिन्छ । तर, उही तेललाई पटक–पटक तताउँदै र सेलाउँदै प्रयोग गर्दा हानिकारक हुन्छ । यस्तो तेल अर्को ताज तेलमा मिसाउनु पनि हानिकारक हुन्छ । 

नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्