२१ जेठ २०८३, बिहीबार

आयोगले प्रतिनिधिसभा समानुपानिकतर्फको सिट आज बाँडफाँड गर्दै

आयोगले प्रतिनिधिसभा समानुपानिकतर्फको सिट आज बाँडफाँड गर्दै

काठमाडौं, २६ माघ– निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँड शुक्रबार गर्ने भएको छ । आयोगले समानुपातिकतर्फको एक सय १० सिट बाँडफाँड गरेर दलहरुलाई पत्र पठाउन लागेको हो । 

प्रतिनिधिसभाको मत गणना मंसिरको अन्तिम हप्ता नै सकिए पनि संघीय संसदमा महिलाको प्रतिनिधित्व कम्तिमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आयोगले अहिलेसम्म समानुपातिकको सिट निर्धारण गरेको थिएन । प्रतिनिधिसभाको समानुपातिकको एक सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र फोरम तथा राजपाले ६÷६ सिट पाउनेछन् । 

आयोगले समानुपातिकको बन्दसूचिबाट कल्स्टरका आधारमा नाम छनौट गरेर पठाउन तीन दिनको समय दिन लागेको प्रवक्ता नवराज ढकालले जानकारी दिए । दलहरुले संघीय संसदमा पाएको सिट संख्याका आधारमा कम्तिमा ३३ प्रतिशत महिला हुने गरी आयोगले दलहरुलाई पत्र पठाउन लागेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्