२७ असार २०८३, शनिबार

आईसीसी क्रिकेट लिग डिभिजन टू : नेपाल र ओमानबीचको प्रतिस्पर्धा आज

आईसीसी क्रिकेट लिग डिभिजन टू : नेपाल र ओमानबीचको प्रतिस्पर्धा आज

काठमाडौं, २६ माघ- आईसीसी विश्व क्रिकेट लिग 'डिभिजन टू' अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुनेछ ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध संघर्षपूर्ण जीत दर्ता गरेको थियो भने ओमान क्यानडासँग पराजित भएको थियो।

ओमान डिभिजन थ्रीबाट बढुवा भएको टोली हो ।

तुलनात्मकरूपमा सहज प्रतिद्वन्द्वी मानिएको ओमानसँग पछिल्लो २ भेटमा भने नेपाल निरास बनेको छ । त्यसअघि नेपाल ओमानसँग अपराजित थियो। सन २०१४ को मेमा २ विकेटले हारेको नेपालले र सन २०१५ को नोभेम्बरमा भएको भेटमा ३ विकेटले नतिजा सुम्पिएको थियो ।

६ टोली सहभागी यस प्रतियोगितामा शीर्ष २ मा पर्न नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ । नेपालले बलिया प्रतिद्वन्द्वी युएई र केन्यासँग खेल्न बाँकी नै छ । कुनैबेला विश्वकपसमेत खेलेको क्यानडाले पनि प्रतियोगितामा रवाफिलो शुरुवात गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्