१८ असार २०८३, बिहीबार

खर्च विधेयकमा हस्ताक्षरपछि अमेरिकामा पुनः सरकारी कामकाज सुचारु

खर्च विधेयकमा हस्ताक्षरपछि अमेरिकामा पुनः सरकारी कामकाज सुचारु

काठमाडौं, २७ माघ– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खर्चसम्बन्धी नयाँ पारित विधेयकमा हस्ताक्षर गरेसँगै छोटो समयका लागि बन्द भएको अमेरिकी सरकारी कामकाज पुनः सञ्चालनमा आएको छ ।

वैधानिक खर्च व्यवस्थाको अभावमा मध्यरातपछि केहि समयका लागि बन्द हुन पुगेको सरकारी कामकाज संचालन हुन सक्ने गरी राष्ट्रपति ट्रम्पले कांग्रेसबाट अनुमोदित विधेयकमा हस्ताक्षर गरेका हुन् । ६५० पृष्ठ लामो खर्च योजनामा प्रतिरक्षा र आन्तरिक सेवाहरुमा गरिने खर्चको सीमा बढाइएको छ ।

सिनेटले खर्च विधेयक पारित गर्नुपर्ने समयसीमा नाघेपछि अमेरिकामा यस वर्ष दोस्रो पटक सरकारी कामकाज ठप्प भएको थियो । तर पछि सो विधेयक पारित भएको थियो ।


सरकार सञ्चालनका लागि आगामी दुई वर्षसम्म खर्चको व्यवस्था गर्ने उक्त विधेयक मध्य रातको समयसीमा अगाडी नै पारित हुनु अघि सिनेटरहरुले अन्तिम समयमा केही असहमतिहरुको सामना गर्नु परेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्