
काठमाडौं, २७ माघ– सातवटै प्रदेशलाई तत्काल ३ सय ३६ गाडी आवश्यक रहेको छ । सरकारले हरेक प्रदेशमा १४ देखि १६ गाडी केन्द्रले पठाउन भएको छ भने बाँकी प्रदेशमै व्यवस्थापन गर्नुपर्ने छ ।
प्रदेश १ मा ५० गाडी आवश्यक रहेकोमा तत्काल एउटा गाडी पनि छैन । उसलाई केन्द्रले १३ गाडी दिने भएको छ । प्रदेश २ मा ३५ गाडी आवश्यक छ। केन्द्रले १४ वटा मात्र दिने भएको छ ।
त्यस्तै प्रदेश तीनमा ५९ गाडी आवश्यक रकेकोमा तीन वटा उपलब्ध छन् । प्रदेश चारमा ३० गाडी आवश्यक रहेकोमा १२ वटा केन्द्रले पठाउने तयारी गरेको छ ।
त्यस्तै प्रदेश पाँचमा ४० गाडी आवश्यक रहेकोमा २ वटामात्र तत्काल उपलब्ध गराउने केन्द्रको तयारी रहेको छ । प्रदेश ६ मा ३५ गाडी आवश्यक छ । केन्द्रले १५ वटा दिने भएको छ। त्यस्तै प्रदेश सातमा ४५ गाडी आवश्यक परेकोमा तत्काल ४ वटामात्र केन्द्रले दिनेछ, नयाँ पत्रिकामा खबर छ।