०३ असार २०८३, बुधबार

मेकअपमा नगर्नुहोस् व्यायाम, अनुहारको छाला बिग्रेला

माघ २७, २०७४
मेकअपमा नगर्नुहोस् व्यायाम, अनुहारको छाला बिग्रेला


स्वास्थ्य र सौन्दर्यका लागि नियमित व्यायाम जरुरी पर्छ । तर, दक्ष प्रशिक्षकबाट सही नियम र प्रक्रियाबारे ज्ञान लिएपछि मात्रै व्यायाम गर्नुपर्छ । तर, सुन्दर बन्न सघाउने व्यायाम सही भएन भने सौन्दर्य गुम्न पनि सक्छ । व्यायामका वेला गरिने कतिपय गल्तीले अनुहारको छाला बिग्रिन सक्छ । व्यायामअघि मेकअप गर्नु छाला बिग्रिने एउटा प्रमुख पाटो हो ।

-  व्यायाम आफूलाई उपयुक्त समयअनुसार गर्न सकिन्छ । बिहान या बेलुकाको समय व्यायामका लागि छुट्याउन सकिन्छ । तर, अनुहारको छाला बिग्रिन नदिने हो भने कुनै पनि मेकअपमा व्यायाम गर्न छाड्नुपर्छ ।

-  मर्निङवाक या फिटनेस सेन्टर, जहाँ व्यायाम गरे पनि पहिले अनुहार सफा गर्नुहोस् । बिहान हल्का चिसो पानीले अनुहार पखालेर व्यायाममा निस्किनु राम्रो हुन्छ । बेलुका व्यायाम गर्ने हो र दिउँसोको मेकअप अनुहारमा छ भने क्लिन्जिङ गरेपछि सफा गरेर चिसो पानीले पखाल्नुहोस् ।

-  मेकअपमै व्यायाम गर्दा अनुहारमा भएको फाउन्डेसनले छालाबाट निस्किने प्राकृतिक तेल र पसिना रोकिदिन्छ । पसिना भित्रै रोकिँदा छालालाई फाइदा गर्दैन ।

-   तेल र पसिनासँगै निस्किने टक्सिन पनि मेकअपले भित्रै बन्द गरिदिन्छ । यस्तो हुँदा छालामा इन्फेक्सन हुने तथा डन्डिफोर निम्तिने खतरा रहन्छ । यो अनुहार बिग्रिने कारण बनिदिन्छ ।

-   तर, चिसो मौसममा चिसोबाट छाला जोगाउन मोस्चराइजर या आयल फ्री जेल भने लगाउन सकिन्छ । खासगरी अनुहारमा फाउन्डेसन दलेरचाहिँ व्यायाम नगर्नुहोस् । -नयाँ पत्रिकाबाट 

salt training

कमेन्ट गर्नुहोस्