२१ जेठ २०८३, बिहीबार

सस्तोमा सुन बेच्ने भन्दै ठगीमा संलग्न चार जना पक्राउ

सस्तोमा सुन बेच्ने भन्दै ठगीमा संलग्न चार जना पक्राउ

काठमाडाैं, २८ माङ- सस्तोमा सुन विक्री गर्ने भन्दै ठगी गर्दै आएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भाउ भन्दा सस्तोमा सुन दिन्छु भन्दै प्रलोभन एवं विश्वासमा पारी बिस लाख  लिई सुन नदिई रकम ठगी गरेको भनी पीडितहरुले प्रहरीमा निवेदन र्दिका थिए । पैसा लिएपछि फरार भएका उनीहरुलाई २० लाख ५० हजार रूपैयाँसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

उनीहरु रेडपण्डाको छालाको समेत कारोबारमा संलग्न रहेको खुलेको छ। उनीहरुबाट प्रहरीले रेडपण्डाको छाला पनि बरामद गरेको छ। 

महाशाखाले  दाङका नरेन्द्र महरा, ललितपुरका इन्द्रसिंह धामी, दार्चुलाका भुपेन्द्रसिंह धामी र चितवनमा भारत बिलाश पराजुलीलाई पक्राउ गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्