२४ असार २०८३, बुधबार

डिभिजन टू : नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित

डिभिजन टू : नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित
Photo : Raman Shiwakoti

काठमाडौं, २८ माघ-आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आइतबार हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित भएको छ ।

नामिबियामा जारी उक्त प्रतियोगिताको खेल नेपाली समयानुसार १ बजे र १५ मिनेटमा शुरु गर्ने भनिए पनि वर्षाका करण सञ्चालन हुन नसकेको हो । दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ । डिभिजन दुईको शीर्ष दुई स्थानमा रहनका लागि पनि दुवै टोलीलाई खेल जित्नै पर्ने बाध्यता छ । 

दुवै टोलीले समान २/२ अंक जाडेका छन् ।

नेपालले यसअघि पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमनसँग ६ विकेटको हार ब्यहोरेको थियो ।

त्यस्तै युएईले केन्यालाई पराजित गरेको थियो भने क्यानडासँग हार ब्यहोरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्