२१ जेठ २०८३, बिहीबार

भवनको बीचबाटै गुज्रिन्छ यो राजमार्ग, हुँदैन तैपनि हल्ला

भवनको बीचबाटै गुज्रिन्छ यो राजमार्ग, हुँदैन तैपनि हल्ला

काठमाडौं, २८ माघ — संसारको सबभन्दा मेहनती देशमा जापान पर्छ । आज जापानको फाउन्डेसन डे हो । 

लगभग ६८ सय टापुहरूको समूह मिलेर बनेको यो विकसित देशमा मानिसहरू नयाँ नयाँ काम गर्न रुचाउँछन् । इन्जिनियरिङको संसारमा पनि जापानीहरूले ठूलाठूला चमत्कार गरेका छन् । 

यही क्रममा हामी यहाँ एक अचम्मको भवनका बारेमा चर्चा गरिरहेका छौं जसको बीचबाट द्रुत राजमार्ग छ । भवन बनेको कथा पनि चाखलाग्दो छ । 

ओसाका शहरमा बनेको गेट टावर इन्जिनियरिङको संसारमा गजबको नमूना हो । 

खासमा यो संसारको एकमात्र भवन हो जसको बीचमा एक्सप्रेस हाईवे छ । 

हाईवे भवनको पाँचौं, छैठौं र सातौं तल्लालाई समेट्छ । यी तल्लामा कुनै घर छैनन् । 

रमाइलो कुरा चाहिँ भवनको लिफ्ट चौथो तल्लाबाट सीधै आठौं तल्ला पुग्छ । 

हाईवेको बीचमा भवन बनाउँदा धेरै विवाद भएको थियो तर अहिले यही नै संसारको उम्दा नमूना बनेको छ र पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । 

भवन र राजमार्गको निर्माणको कथा पनि रुचिकर छ । 

खासमा त्यहाँ पहिले एक भवन बन्नुपर्ने थियो जसको डिजाइन सन् १९८२ मा बनाइएको छ । 

तर भवनमालिकलाई त्यहाँ पहिले नै राजमार्ग निर्माण योजना बनेको थाहा भएन । 

त्यसपछि त्यहाँ भवन बनाउन रोक लगाइयो । तर भवनमालिकले त्यो रोक मानेनन् । 

उनी यसविरुद्ध मुद्दा लिएर अदालत पुगे र पाँच वर्षसम्म मुद्दा चल्यो । 

त्यसपछि सन् १९८९ मा सिटी प्लानिङ र हाईवे कानूनमा परिवर्तन भएपछि हाईवेकै बीचमा भवन बनाउने अनुमति पाए । 

सरकारले हरेक वर्ष भवनमालिकलाई तीन तल्लाको भाडा तिर्ने गरेको छ । 

भवनलाई विश्वप्रसिद्ध इन्जिनियर अजूसा सेकेई र यमातो निशिहाराले डिजाइन गरेका हुन् । 

गोलाकार भवनमा राजमार्गलाई तलबाट पुलको सपोर्ट छ । 

राजमार्गको चारैतिर बनाइएको संरचनाका कारण गाडीहरूको हल्ला भवनमा पुग्न पाउँदैन । 

संरचना यति आधुनिक छ कि भवनमा बस्ने मानिसहरूलाई चकमन्न रातमा पनि तीव्र गतिका वाहनहरूको आवाव फिटिक्कै पुग्दैन । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्