
काठमाडौं, २८ माघ-आईसीसी विश्व क्रिकेट लिग 'डिभिजन टू' अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले जितका लागि ११५ रनको लक्ष्य पाएको छ ।
नामिबियामा आइतबार वर्षाले प्रभावित खेलमा युएईले नेपालसामु ११५ रनको चुनौती पेश गरेको हो ।
३४ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको युएई ३१ ओभरमा ११४ रन जोड्दा अलआउट भयो । नेपालका लागि सोमपाल कामीले ४, सन्दीप लामिछानलेले ३, कप्तान पारस खड्काले २ तथा करण केसीले १ विकेट लिए ।
युएईका साइमन अनवरले सर्वाधिक ३० रन जोडे । प्रतियोगितामा दुवै टोलीले १ जित, १ हारसहित समान २/२ अंक जोडेका छन् ।