२७ जेठ २०८३, बुधबार

नेपालको जीतमा पारस चम्किए, हाने ५ छक्का र २ चौका

नेपालको जीतमा पारस चम्किए, हाने ५ छक्का र २ चौका

काठमाडौँ, २८ माघ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ ।  

जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । 
नेपालको जीतमा कप्तान पारस खड्का  नायक बने ।  खड्काले ५१ रन बनाए । उनले पाँच छक्का र दुई चौका हान्दै ५१ रन जोडेका हुन् । आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए । 

नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले टस जितेपछि फिल्डिङ रोजेको थियो ।  ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो । ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो । 

युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछाने तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए । 

salt training

कमेन्ट गर्नुहोस्