
लहान, २८ माघ - कटुवा पेस्तोलसहित प्रहरीले आज साँझ सिरहाको कल्याणपुर नगरपालिका–११ निवासी काशीन्द्र यादवलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट खटिएको गस्ती टोलीले एक थान कटुवा पेस्तोलसहित २७ वर्षीय यादवलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीलाई देखेर जंगलतिर भागेकाले शंका लागेर तलासी गर्दा यादव भन्दा केहीपर एक थान कटुवा पेस्तोल फेला परेकाले यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।