२२ जेठ २०८३, शुक्रबार

अनुदान खर्च विवरण लिने कानुनी आधार भएन

माघ २९, २०७४
अनुदान खर्च विवरण लिने कानुनी आधार भएन

काठमाडौं, २९ माघ-  स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले दिएको अनुदान खर्चको विवरण माग्न समेत नपाउने संवैधानिक व्यवस्था गरिएको छ। यसका कारण अहिले संघीय सरकारले नयाँ कानुन बनाउन थालेको छ। सिंहदरबारको अधिकार घरघरमा पु¥याउने योजनाका साथ सरकारले स्थानीय तहलाई स्थानीय सरकारका रूपमा अगाडि सारेको थियो।

नेपालको संविधान २०७२ ले स्थानीय सञ्चित कोष बनाएर आम्दानी र खर्चको विवरण राख्नुपर्ने व्यवस्था गरेको छ। गाउँसभा वा नगरसभाले पारित गरेको वार्षिक आम्दानी र खर्चको विवरण महालेखा परीक्षणको कार्यालयले मात्र हेर्न पाउने कानुनी व्यवस्था छ। कानुनमा रहेको यस्तो व्यवस्थाका कारण वित्तीय हस्तान्तरण अन्तरगत स्थानीय निकायमा गएको अनुदान के कति खर्च भयो भन्ने विषयमा संघीय मन्त्रालयले समेत थाहा पाउन सक्दैन। संघीय मामिला तथा स्थानीय निकाय मन्त्रालयका प्रवक्ता प्रवक्ता रुद्रसिंह तामाङ स्थानीय निकायको खर्च र आम्दानी मन्त्रालयलाई थाहा नहुने बताए। उनले भने, ‘कानुनी रूपमा हामीले माग्न मिल्दैन। यसका लागि छुट्टै कानुनको आवश्यकता पर्छ।’

वित्तीय हस्तान्तरण अन्तरगत स्थानीय निकायलाई चालू आर्थिक वर्षमा दुई खर्ब २५ अर्ब रुपैयाँ अनुदान दिएको छ। महालेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी सूर्यमणि गौतमले स्थानीय निकाको आम्दानी खर्च थाहा पाउने संयन्त्र अहिले नभएको बताए, अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्