०४ असार २०८३, बिहीबार

स्रोत साधनको उपयोग गर्दै रोजगारी सिर्जना गर्नु सरकारको प्राथमिकताः प्रम ओली

फागुन ४, २०७४
स्रोत साधनको उपयोग गर्दै रोजगारी सिर्जना गर्नु सरकारको प्राथमिकताः प्रम ओली

काठमाडौं, ४ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिको प्रमुख चाड ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गर्दै अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल भएको बताउनुभएको छ । 

उहाँले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि देशमा आधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको र निर्वाचनको परिणामअनुसार देशले नयाँ प्रधानमन्त्री पाएको उल्लेख गर्दै आज दिएको सन्देशमा भन्नुभएको छ, “अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल हो । 

प्राकृतिक स्रोत, साधन र मानवीय स्रोतले नेपाल उन्नत ठाउँ हो । अब सरकारले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गरेर देशलाई समृद्ध बनाउने दिशातिर लाग्नेछ । देशको यो मूल प्राथमिकतामा सम्पूर्ण शेर्पा समुदायको साथ सहयोग रहनेछ भन्ने विश्वास मैले लिएको छु ।” 
    
“हामी हाम्रो राष्ट्र, राष्ट्रियता, स्वाभिमान, शान्ति र लोकतन्त्रप्रति प्रतिबद्ध छौँ । संविधानले निर्दिष्ट गरेका मौलिक हकको प्रत्याभूतिका लागि सरकार सधैँ प्रतिबद्ध रहनेछ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को चाहनालाई पूरा गर्न सरकारले चाल्ने कदमप्रति यहाँहरू सबैको साथ र सहयोग प्राप्त हुनेछ भन्ने विश्वास मैले लिएको छु ”, सन्देशमा भनिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्