०३ असार २०८३, बुधबार

अमेरिकी संसदद्वारा डिभी चिठ्ठालगायत चार विधेयक अस्वीकृत, नेपालीलाई पनि राहत

फागुन ४, २०७४
अमेरिकी संसदद्वारा डिभी चिठ्ठालगायत चार विधेयक अस्वीकृत, नेपालीलाई पनि राहत

काठमाडौं, ४ फागुन– डिभी चिठ्ठालगायतका विषय समेटिएका चारवटा विधेयक अमेरिकी संसदले अस्वीकृत गरिदिएको छ । अमेरिकाको माथिल्लो सदन सीनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षालगायतका विधेयकलाई अस्वीकृत गरेको हो ।

सीमा सुरक्षा र नियमसँगसम्बन्धित डाका विधेयक दुईपक्षीय समर्थनमा पेश गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम नलाग्ने भन्दै आलोचना गरेको यस विधेयकविरुद्ध भिटो प्रयोग गर्ने अभिव्यक्तिसमेत दिएका छन् ।

डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार व्यक्ति अमेरिका जान पाउने गरेका छन् । विधेयक पारित नहुँदा नेपालीलाई पनि राहत मिलेको छ । डीभी परेर अमेरिका पुग्ने विदेशीमध्ये नेपाली अग्र स्थानमा रहँदै आएका छन् । वर्षेनी झन्डै चार हजार नेपाली डीभी चिठ्ठामार्फत् नै अमेरिका पुग्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्