०८ असार २०८३, सोमबार

बाह्रबिसेमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

बाह्रबिसेमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

सिन्धुपाल्चोक, ४ फागुन– सिन्धुपाल्चोकको बाह्रबिसेमा आज बिहान टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे तर्फ आउँदै गरेको बा ४ ख २८१२ नम्बरको आइचर टिपर बिहान करिव आठ बजे दुर्घटनामा परेको हो । 

दुर्घटनामा बाह्रबिसे नगरपालिका– ८ का वर्ष ३५ का शेखर अधिकारी, वर्ष ४० का सुब्बा अधिकारी र वर्ष २० का कमल अधिकारीको मृत्यु भएको छ । टिपर अरनिको राजमार्गबाट करिब ५० मिटर तल भोटेकोशी नदीमा खसेको बाह्रबिसे प्रहरीले जनाएको छ । 

दुर्घटना स्थलमा चार जोर जुत्ता भेटिएकाले अर्का एक जना पनि परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्