
काठमाडौं, ४ फागुन– केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै छिमेकी मुलुक भारतमा पनि चर्चा भएको छ ।
भारतीय सञ्चारमाध्यम टेलिभिजन, अनलाइनहरुमा नेपालमा नयाँ प्रधानमन्त्री चयन भएको र उनी भारत निकट नभइ चीन निकट व्यक्ति रहेको प्रचार गरिएको छ ।
भारतीय सरकारी अखबार नवभारत टाइम्स, दैनिक जागरण, हिन्दुस्तान टाइम्सलगायतका मुख्य समाचारपत्रहरुले नेपालमा केपी ओली प्रधानमन्त्री बनेको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका हुन् ।
हिन्दुस्तान टाइम्सले चीन समर्थक ओली दोस्रो पटक नेपालका प्रधानमन्त्री बने भन्ने शिर्षकमा लामो समाचार छापेको छ । उसले ओली प्रधानमन्त्री बन्दा चीनलाई रणनीतिक दृष्टिले पुग्ने जनाएको छ ।
त्यस्तै जागरण टाइम्सले दोस्रो पटक नेपालको पीएम बने कपी ओली शीर्षकमा समाचार प्रकाशन गरेको छ ।
नवभारत टाइम्सले चीन समर्थक ओली बने नेपालको नयाँ पीएम शीर्षकमा नवभारत टाइम्सले समाचार प्रकाशन गरेको छ ।