
कैलाली, ५ फागुन - प्रदेश नंं ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले आज सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
प्रदेश मन्त्रिपरिषद्को कार्य विभाजन :
प्रकाश शाह– मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
दीर्घबहादुर सोडारी—मन्त्री, सामाजिक बिकास
पठानसिं बोहरा—मन्त्री, भौतिक पूर्वाधार विकास
झपट बोहरा—मन्त्री, आर्थिक तथा योजना
माया भट्ट—मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण
विनिता चौधरी—मन्त्री, भूमि व्यवस्था कृषि तथा सहकारी । -रासस