२१ असार २०८३, आइतबार

भारतीय ट्रक गुड्दा नेपालका व्यवसायी आक्रोशित !

भारतीय ट्रक गुड्दा नेपालका व्यवसायी आक्रोशित !

भारतीय ट्रकहरु नेपालमा निर्वाध गुड्दा नेपाली व्यवसायी धारासायी भएको ट्रक व्यवसायीले बताएका छन् ।

कम लागतमा धेरै सामान ढुवानी गर्दा नेपालका ट्रक व्यवसायी चरम आर्थिक मारमा परेको भन्दै उनिहरुले भारतीय ट्रक संग प्रतिस्पर्धा गर्न नसकिने बताए ।

दाङको तुलसीपुरमा भएको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्वसायी समितिको १६ औं साधारणसभा तथा १२ औं अधिवसेनमा सहभागी हुन देशका विभिन्न स्थानबाट आएका ट्रक व्यवसायीले यस्तो बताएका हुन् ।

‘भारतमा २५ लाखमा खरिद गर्न सकिने ट्रक नेपालमा ५५ लाख मुल्य पर्छ,’ नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रानाभाटले भने, ‘ भारतीय ट्रक संग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ ।’

२४ टनको भान्सार प्रज्ञापत्र लिएर नेपाल प्रवेश गरेका भारतीय ट्रकहरुले ४० देखि ५७ टनसम्म सामान ढुवानी गर्दा नेपालका सडक र पुलहरु जिर्ण अवस्थामा पुगेको भन्दै अध्यक्ष राणाभाटले यसतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्