१३ असार २०८३, शनिबार

बढ्दैछ राजधानीमा सडक अतिक्रमण, नगरको ‘अल्टिमेटम’ प्रभावहिन

फागुन ९, २०७४
बढ्दैछ राजधानीमा सडक अतिक्रमण, नगरको ‘अल्टिमेटम’ प्रभावहिन

सुर्खेत, ९ फागुन– गत माघ १९ गते वीरेन्द्रनगर नगरपालिका सुर्खेतले पत्रकार सम्मेलन ग¥यो । उक्त पत्रकार सम्मेलनमा प्रदेश राजधानी वीरेनद्रनगरमा सडकको किनारामा अतिक्रमण गरी बसेका व्यापारीलाई हटाउने, सडकको जग्गा अतिक्रमण गरी ठूला घर बनाएकालाई पहिले सूचना दिने र पछि हटाउने भन्ने नगरप्रमुख देवकुमार सुवेदीले घोषणा गरे । 

उनले त्यतिबेला भनेका थिए ‘फागुन ५ गतेभित्र सार्वजनिक क्षेत्र एवम् सडक फुटपाथ अतिक्रमण कार्यलाई नियन्त्रण गर्नका लागि हामीले अल्टिमेटम दिएका छौं तोकिएको समयभित्र नहटाइए कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउँछौं ।’ नगरपालिकाले सार्वजनिक क्षेत्रहरुमा बनाईएका संरचनाहरु १५ दिन भित्रमा नहटाइए कानून वमोजिम जरिवाना र सामग्रीसमेत जफत गर्ने समेत बताएका थिए । तर फागुन ५ वितिसक्दा नगरले कसैलाई पनि हटाउन सकेको छैन । बरु फुटपाथ व्यापारीहरुको मागपत्र बुझ्दै जर्बजस्ती नहटाउने, सहमतिमै हटाउने बताएका थिए । 

अहिलेसम्म नगरले आफूले गरेको निर्णय लागू गर्न सकेको छैन । व्यापारीहरुको दबाबका सामु नगरपालिका निरिह बनेको छ । नगरपालिकाले सबैलाई चिठ्टी समेत दिन नसकेको स्रोतको भनाइ छ ।

प्रदेशको राजधानी भएपछि हरेक सडकको फुटपाथमा व्यापारीहरु बसेका कारण दुर्घटना बढ्ने खतरा बढेको घण्टाघर नजिक व्यापार गर्ने सिता शाहीले बताईन । उनले नगरपालिकाले तत्काल अतिक्रमण हटाउनुपर्ने नभए भोलीका दिनमा अतिक्रमण गर्नेहरुलाई हटाउन नगरलाई गाह्रो पर्ने बताइन । ‘अहिले सयौं छन र त नगरले हटाउन सकेको छैन । भविष्यमा  हजारौं एकजुट भई आन्दोलनमा गए भने नगरले के गर्ला ?’ उनको प्रश्न थियो ।

वीरेन्द्रचोकमा पसल भाडामा लिई बसेका एक व्यापारीले आफूहरुलाई फुटपाथ व्यापारीका कारण व्यापार गर्न गाह्रो भएको बताए । ‘हामीले राज्यलाई कर तिर्छौं, भाडा तिर्छौं तर उनीहरुलाई न त भाडा तिर्नुपर्छ, न त कर नै । यसको सोझो मार हामीलाई परेको छ ।’ उनले शहर व्यवस्थापन गर्न नगरले तत्काल कदम चालनुपर्ने बताए ।

फुटपाथ व्यवसायी नरेन्द्र थापाले भने नगरपालिकाले आफूहरुको रोजीरोटी छिन्न नपाउने जिकीर गरे । ‘कि त हामीलाई विकल्प दिनुप¥यो, या त रोजगारी दिनुप¥यो ।’ त्यसो नगरे आफूहरु आन्दोलनमा उत्रिने उनको भनाई थियो । 

प्रदेशको राजधानी भएपछि अतिक्रमण हटाउनुपर्नेमा एमाले सांसदले जोड दिए । नाम नबताउने शर्तमा उनले भने, ‘नगरपालिकाको कार्य क्षेत्र भएकाले उसैले चाँडो भन्दा चाँडो अतिक्रमण हटाउला नि ।’ 

नगरप्रमुख देवकुमार सुवेदीले प्रादेशिक मेला भएका कारणले पनि सूचना दिन र कारवाही प्रक्रिया अघि बढाउन ढिलाई भएको बताए । ‘प्रादेशिक मेलाको कारण र फुटपाथ व्यवसायीहरुको मागका कारण हामी अहिले आन्तरिक छलफलमा नै छौं ।’ मेयर सुवेदीले व्यवसायीहरुसँग अलग्गै हाटबजार स्थापना गर्ने र उनिहरुले भाडा तिर्ने गरी छलफल अघि बढाइने बताए । ‘हामीले बजारमा एक हाटबजार स्थापना गर्ने र ती व्यापारीको व्यवस्थापन गर्ने योजना बनाएका छौ. ।’ उनले भने, ‘यदि त्यसो गर्न सकिएको खण्डमा उनीहरुबाट नगरपालिकाले भाडा पनि लिने र उनीहरुलाई पनि सुविधा हुनेछ ।’

नगरप्रमुख सुवेदीले फुटपाथमा कसैलाई पनि व्यापार व्यवसाय गर्ने छुट नहुने बताए । ‘हामी एक चरण उहाँह्रसँग कुराकानी गर्छौं यदि सहमति भएन भने कानुन अनुसार अघि बढछौं । यसमा दुइमत नै छेन ।’ उनले कर्मचारी व्ययवस्थापनलगायतका अन्य समस्याका कारण रातारात फूटपाथ खाली गराउन नसकिएको बताए । ‘तर अब हामी केहि दिनमै सुन्दर शहर बनाउने अभियानमा खटछौं । त्यो नगरपालिकाको मात्रै दायित्व होइन शहर सफा बनाउने ।’ उनले थपे, ‘यसका शहरका सबै नागरिकको सकारात्मक सहयोग चाहिन्छ । हाम्रो वीरेन्द्रनगर, राम्रो वीरेन्द्रनगरको रुपमा हामी चिनाउन चाहन्छौं ।’ मेयर सुवेदीले सुर्खेतमा आएका जति सबैलाई जग्गा दिन नसकिने समेत बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्