२७ असार २०८३, शनिबार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बिहीवार बस्दै, यस्ता छन् छलफलका एजेण्डा

कांग्रेस कार्यसम्पादन समितिको बैठक बिहीवार बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौँ, ९ फागुन– नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ । 

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा नयाँ सरकारले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिसलाई संशोधन गरी नयाँ नाम सिफारिस गरेको सम्बन्धमासमेत छलफल हुने बताईएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले मंगलबार सिफारिश गरेको निर्णयानुसार नै राष्ट्रियसभा सदस्यमा तीन जनालाई मनोनयन गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्