१२ असार २०८३, शुक्रबार

एक दर्जन गोलीले ढल्यो २९ वर्षीय मनोजको अपराध साम्राज्य

एक दर्जन गोलीले ढल्यो २९ वर्षीय मनोजको अपराध साम्राज्य

बुटवल, ९ फागुन– 'कुख्यात अपराधी' मनोज पुन आइतवार रूपन्देही प्रवेश गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले सूचना पायो । सिआईबीको टेक्निकल टोलीले पुनको लोकेशन खोज्दै जाँदा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र व्यवसायी तथा युवा संघका कार्यकर्ता बसन्त पौडेल ‘बलु’ हत्या गर्ने मनोज पुन रूपन्देहीको देवदहम आसपासमा नैं रहेको पत्ता लगायो । 

तीन दिनसम्म पुन र पौडेल र तिवारीका सुटर सोम आलेको खोजीमा डिएसपी अंगुर जिसीको टोली देवदह, भवानीपुर र खैरेनी आसपासमा केन्द्रित भयो ।  

बुधबार बिहान ३ बजेर ३० मिनेट जाँदा देवदह–४ भवानीपुरमा पूर्वबाट पश्चिमतर्फ प्रहरीको टोली मोटरसाइकलमा जाँदा गर्दा पश्चिमतर्फबाट मनोज पुन र उनका सहयोग सोम आले लु १३ प ३३७६ (भारतीय नम्बरको मोटरसाइकलमा नेपाली नम्बर प्लेट राखेर) नम्बरको पल्सर मोटरसाइकमा आउँदै गर्दा विजयपुर टोलमा जम्काभेट भेट भएपछि सोम आलेले प्रहरीमाथि माथि गोली चलाए । 

उनले चलाएको गोली प्रहरीको मोटरसाइकलको टायरमा लाग्यो प्रहरीको संयुक्त टोली पछाडिबाट आउँदै थियो । प्रहरीले जवाफी कारवाही गर्दा दुवै जनालाई गरी प्रहरीले २२ राउण्ड गोली चलायो । दुवै जना कारवाहीमा ढलेपछि उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा ल्याउदै गर्दा मृत्यु भयो सञ्चारकर्मीसँग रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने । 

‘प्रहरीलाई लक्षित गरी फायरिङ भयो । जवाफी कारवाही गर्दा दुवै जना घाइते भए । घाइते भए । उपचारको क्रममा मृत्यु घोषणा भएको छ,’ ज्ञवालीले भने । भारतको गोवामा मनोज पुन समातिए भन्ने समाचार आएको थियो भन्ने लोकान्तरको प्रश्नमा ज्ञवालीले भने, ‘त्यो गलत र प्रायोजित हो । उनी नेपालमै आइसकेका थिए भन्ने सूचना हो । प्रहरीले खोजेको थियो ।’ 

दुर्गा तिवारीको हत्या भएको १४ महिनापछि प्रहरीले हत्याका मुख्य अभियुक्त पुन प्रहरीको जवाफी कारवाहीमा मारिएका छन् । मनोज पुनलाई छातीमा ९, दाहिने पाखुरामा १ र दायाँ तिघ्रामा २ गरी १२ गोली प्रहार गरिएको छ । भने सोम आलेलाई छातीमा ५, पेटमा १, बाया कोखामा १, दायाँ खुट्टामा १, बाया कोखामा १ गरी १० गोली लागेको छ ।  

घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल, ल्यापटप, सुनील रानाको नाममा मनोज पुनले प्रयोग गर्ने पासपोर्ट र एटिएम कार्ड फेला पारेको छ । 

ज्ञवालीले भने, ‘मृत्यु हुनु दुखद् पक्ष भए पनि प्रहरीको लागि यो ठूलो सफलता हो । रूपन्देहीमा आतंकको अन्त्य भएको छ । मनोज पुनको अपराध साम्राज्य सकियो ।’ 

ज्ञवालीले थपे, ‘कक्षाकोठामा शिक्षकमाथिको दुव्र्यवहारदेखि टोले गुण्डा हुँदै डी कम्पनी (दाउद इब्राहिम) कनेक्सनसम्म पुगेको अपराधको नाइके मनोज पुन प्रहरी कारवाहीमा मारियो ।’

को हुन् मनोज पुन ?
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलकोे हत्यामा संलग्न भनिएका हुन मनोज पुन  सुरुमा माओवादी कार्यकर्ता रहेका उनी युवा संघ नेपालमा प्रवेश गरे ।  

युवा संघमा प्रवेश गरेर पनि उनी नसुध्रिएको भन्दै युवा संघले करिब ५ महिनामै कारवाही गरेर उनलाई निकालेको थियो । सोही बेलाको रिश्वी फेर्न यसरी हत्या गरेको हुनसक्ने एकथरीको दाबी रहे पनि खासमा मनोज पुनले नै हत्या गराएको र ऊ मलेसियामा रहेको भन्नेमा यकिन नरहेको सुरक्षा निकायको भनाइ छ । 

रूपन्देहीको देवदह न.पा. ६ का बर्ष २९ को पुन समुहले पछिल्ला वर्षहरुमा चन्दा रूपन्देहीका व्यवसायीहरुलाई चन्दा माग्दै आत्तक मच्चाउदै आएको थियो । 

मनोजसंगठित अपराध, हातहतियार खर खजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीले जनाउदै थियो । गत वर्ष २०७३ पुस ४ गते भएको एमालेको युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको थियो । 

त्यसअघि ०७२ चैत ६ गते पनि दुर्गालाई २ वटा गोरी प्रहार गरिएकोमा उनी बचेका थिए ।  त्यतिबेला पनि मनोजकै संलग्नतामा घट्ना घटेको थियो र त्यसको करिब एक वर्ष पछि उसैको संलग्नतामा हत्या भयो । 

रूपन्देहीको देवदह नगरपालिका वडा नं.–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ  बाटोमा अपरान्ह गोली प्रहारबाट घाइते भएका तिवारीको पनि उपचारको क्रममा मृत्यु भएको थियो । त्यस यता उद्योगी ब्यापारीलाई धम्की दिई फिरौती असुल्ने क्रम बढ्दो थियो । तर, कुनै पनि उद्योगीले आफुलाई आएको फोन र चन्दाको धम्कीका बारेमा खुलेर प्रहरीलाई बताउन सकेका थिएनन । बेला बेलामा  प्रहरीले केहीलाई पक्राउ गरेपनि मनोज पुनको जालो तोड्न अझै सकेको छैन ।  

को हुन् सोम आले ?

भैरहवामा सोम आलेको परिवार बस्दै आएको छ । आलो पाल्पा कारागारमा ५ वर्ष कैद भुक्ता गरीका व्यक्ति हुन । उनी युवा संघमा प्रवेश गर्दादेखि नै मनोजसँग हिँड्थे । 

गत माघ ८ गते तिवारी र पौडेलको हत्यामा संलग्न भनिएका पदम चौधरी र महिनारायण चौधरीसँग उनी नेपालमै बसेर मनोजलाई पैसा पठाइदिन उद्योगीहरूलाई धम्काउने गर्थे । 

तिवारीलाई दुई पटक र बलुलाई गोली हान्ने सुटर सोम आले रहेको प्रहरीले बताउँछ । महिनारायण र पदमलाई गत माघ ७ गते प्रहरीले चितवन र पोखराबाट पक्राउ गरी बुटवल ल्याएर सार्वजनिक गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्