२४ जेठ २०८३, आइतबार

विद्यार्थी घटे, बजेट बढ्यो

फागुन १०, २०७४
विद्यार्थी घटे, बजेट बढ्यो
सन्दर्भ तस्वीर

काठमाडौं, १० फागुन– सामुदायिक विद्यालयमा विद्यार्थी संख्या २ लाख २७ हजारले घटे पनि पाठ्यपुस्तकको लागि सरकारी अनुदान भने बढेको छ ।  विद्यार्थी संख्या घटेपनि पुस्तकको मूल्यवृद्धि लगायतका कारणले पाठ्यपुस्तकको अनुदान रकम बढेको हो ।

गतवर्षको तुलनामा यो वर्ष पाठ्यपुस्तको अनुदानमा ३९ करोड रुपैयाँ वृद्धि भइ  २ अर्ब २२ करोड रुपैयाँ पुगेको शिक्षा विभागले जनाएको छ । सरकारले समुदायिक विद्यालयका विद्यार्थीको पाठ्यपुस्तक खरिद गर्न गत वर्ष १ अर्ब ८३ लाख विनियोजन गरेपनि यो वर्ष २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, कारोबारमा खबर छ।
 

salt training

कमेन्ट गर्नुहोस्