०२ असार २०८३, मंगलबार

इम्बोस्ड नम्बर प्लेट टाँस्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

फागुन १०, २०७४
इम्बोस्ड नम्बर प्लेट टाँस्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं, १० फागुन– सरकारले सबै प्रकारका सवारी साधनमा अनिवार्य रुपमा राख्न भनेको इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । 

प्रधानन्यायाधीश गोपाल पराजुलीको एक इजलाशले बिहीवार इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । 

वातावरणविद् भरत बस्नेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश पराजुलीको एकल इजलाशले निर्णय रोक्न आदेश दिएको हो । 

सरकारले अनिवार्य रुपमा लागू गर्न लागेको इम्बोस्ड नम्बर प्लेट राख्ने कार्यमा ठूलो आर्थिक चलखेल भएको, भारतीय नम्बर प्लेटजस्तै देखिएको, नम्बर प्लेटबाट नेपाली भाषालाई हटाइएको भन्दै वातावरणविद्  बस्नेतले फागुन ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्