काठमाडौं १० फागुन – सरकारमा पठाउने मन्त्री छान्न नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ ।
शुक्रवार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समितिको बैठक बस्ने एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
मन्त्री छनोट बैठकको मुख्य एजेण्डा भएको एमाले स्रोतले बतायो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।