
काठमाडौं, १० फागुन — बेलायतकी एक महिलाले इमिरेट्स एयरलाइन्समाथि आफूलाई रजस्वलाका कारण भएको पीडाका कारण उडान गर्न नदिइएको आरोप लगाएकी छन् । महिलाले एकजना साथीसँग रजस्वलाको पीडाका बारेमा कुराकानी गरेको फ्लाइट अटेन्डेन्टले सुनेकी थिइन् ।
त्यसपछि फिल्म उड्नुभन्दा ठीक अघि उनलाई प्लेनबाट बाहिर निकालियो ।
चौबीस वर्षीया बेथ इभान्स आफ्ना प्रेमी जोशुआ मोरानका साथ दुबई जाँदैथिइन् । उनले बेलायतको बर्मिंघमबाट दुबईसम्मका लागि इमिरेट्सको टिकट काटेकी थिइन् । बेथले प्रेमीसँग रजस्वलाको पीडाका बारेमा कुरा गरेको फ्लाइट अटेन्डेन्टले सुनेर विमानबाट निकालिदिएको उनी बताउँछिन् ।
बेथले विमान कर्मचारीलाई आफ्नो पीडा धेरै नभएको बताएको भएपनि उनी र उनको प्रेमीलाई उडाइएन ।
बेथका प्रेमी मोरानले बताए, ‘उनी आफ्नो समस्या बताउँदै गर्दा रोएकी थिइन् । अनि एयरहोस्टेसका उट्पट्याङ प्रश्नको उत्तर दिँदा पनि उनी हैरान भएकी थिइन् ।
उता इमिरेट्स एयरलाइन्सले चाहिँ बेथलाई मेडिकल इमर्जेन्सीका कारण फ्लाइटबाट बाहिर निकालिएको बताएको छ । कम्पनीले जारी गरेको पत्रमा भनिएको थियो, ‘यात्रीले हामीलाई पीडा भइरहेको बताइन् र स्वास्थ्य ठीक नभएको भनिन् । यात्रुको सुरक्षा हाम्रा लागि आवश्यक हुन्छ र हामी फ्लाइटका बेलामा उनलाई धेर समस्या नहोस् भन्ने चाहन्थ्यौं ।’
इमिरेट्स एयरलाइन्सले वेबसाइटमा स्वास्थ्यसम्बन्धी अनेकौं नियम दिएको छ । त्यसमा संक्रमण भएका, मुटुको समस्या भएका र सासको गम्भीर समस्या भएका मानिसलाई उडान भर्न नदिने लेखिएको छ । तर रजस्वलाका विषयमा कुनै नियम छैन ।
एजेन्सी