०३ असार २०८३, बुधबार

गुन्डा नाइके पुनका नागरिकता र पासपोर्ट दुईवटा

फागुन ११, २०७४
गुन्डा नाइके पुनका नागरिकता र पासपोर्ट दुईवटा

काठमाडौँ, ११ फागुन-शृंखलाबद्ध ब्यक्ति हत्या घटनाका मुख्य नाइके मनोज पुनका नागरिकता र पासपोर्ट दुई दुईवटा रहेको भेटिएको छ । 

बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको थियो, कान्तिपुरमा खबर छ  । 

नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्विर देखिएपछि प्रहरीले उनले फरक नाममा नागरिकता निकालेर त्यसैका आधारमा मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाएको निष्कर्षमा पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्