०८ असार २०८३, सोमबार

ओलीलाई शुभकामना दिनेको लर्को, भारत र चीनका राजदूत पुगे बालुवाटार

फागुन ११, २०७४
ओलीलाई शुभकामना दिनेको लर्को, भारत र चीनका राजदूत पुगे बालुवाटार
सन्दर्भ तस्वीर

काठमाडौं, ११ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिनेकाे बालुवाटारमा लर्को लागेको छ । उनलाई शुभकामना दिन नेपालीसहित विदेशीहरु पनि बालुवाटार पुगेका छन् ।

उनको जन्मदिनमा केक बोकेर शुभकामना दिन आउनेहरुको ठूलो भिड अहिले बालुवाटारमा छ । ओलीलाई जन्मदिनको शुभकामना दिन छिमेकी मुलुक भारत र  चीनका राजदूत बालुवाटार पुगेका थिए ।

भारतीय राजदूत र चिनियाँ राजदूतबीच प्रतिस्पर्धाजस्तै देखिएको छ । बिहान नौ बज्नुअघि चिनियाँ राजदूत बालुवाटार प्रवेश गरेकी थिइन् भने लगत्तै भारतीय राजदूत मञ्जीवसिंह पुरी बालुवाटार प्रवेश गरे ।

स्थायी समिति बैठक, मन्त्री छान्ने चटारो र व्यस्त कार्यतालिकाबीच प्रधानमन्त्री ओलीले केक काटेर आफ्नो जन्मदिन मनाउने तयारी गरेका छन् ।

आजको स्थायी समिति बैठकमा पनि केक काट्ने तयारी भएको छ । ओलीको जन्म २००८ साल फागुन ११ गते भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्