२३ असार २०८३, मंगलबार

शुक्रवार मन्त्रिमण्डल विस्तार हुने सम्भावना कम, यसकारण भयो ढिलाई

फागुन ११, २०७४
शुक्रवार मन्त्रिमण्डल विस्तार हुने सम्भावना कम, यसकारण भयो ढिलाई

काठमाडौं ११ फागुन– नेकपा एमाले र माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ । मन्त्री बन्नेको टुंगो लाग्न नसक्दा शुक्रवार पनि मन्त्रिमण्डल विस्तारको सम्भावना कम देखिएको छ । 

एमाले स्थायी समितिको बैठकले शीर्ष नेताहरुसँग परामर्शका आधारमा मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । एमाले सचिव योगेश भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेताहरुसँग परामर्शपछि मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

मन्त्रिपरिषद् विस्तार अघि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागि गराउनेबारे छलफल गर्ने एमालेले निर्णय गरेको छ । मधेस केन्द्रित दुईदल सरकारमा आएमा एमाले र माओवादीले पाएका मन्त्रालयको संख्या घटने छ ।

नेकपा माओवादी केन्द्रले पनि सरकारमा पठाउने मन्त्री छान्न सकेको छैन । मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई दिएको छ । 

एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डा टुङ्गो लागिसकेको छ । एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्री लिने समझदारी यसअघि नै गरिसकेका छन् ।

पार्टीको तर्फबाट सरकारमा कसले नेतृत्व गर्ने भन्नेमा माओवादीमा विबाद देखिएको छ । नेता थापा र वर्षमान पुनले सरकारमा पार्टीको नेतृत्वको दाबी गरेका छन् । मन्त्रीका आकाक्षी धेरै हुँदा माओवादीले निर्णय गर्न सकेको छैन् ।

वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले शुक्रवार नै मन्त्रिपरिषद् विस्तारको सम्भावना रहेको बताए । ‘बेलुकासम्म विस्तार हुनसक्छ’ पण्डितले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्