०६ साउन २०८३, बुधबार

रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने

फागुन ११, २०७४
रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने

भक्तपुर, ११ फागुन -नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले आइतबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको छ । 

रफत् सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सरकारमा मधेशवादी दलसमेत सहभागी हुनसक्ने वातावरण बन्दै गएको छ, जनअपेक्षा र समयको मागअनुसार संविधान संशोधनसमेत गरेर अगाडि बढ्न सकिन्छ ।” 

अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने दाबी गर्दै उहाँले राष्ट्र र राष्ट्रियताको विषयमा पक्ष÷प्रतिपक्ष नभएर वाम गठबन्धन र काँग्रेस एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले विदेशीले सरकारका हरेक निर्णय र नीति आफ्नो पक्षमा पार्न प्रयत्न गर्दै आएपनि अबको सरकार यस विषयमा गम्भीर हुने उहाँको भनाइ थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्