११ साउन २०८३, सोमबार

प्रदेश सांसदको क्षमता अभिवृद्धि तालीम सञ्चालन

फागुन ११, २०७४
प्रदेश सांसदको क्षमता अभिवृद्धि तालीम सञ्चालन

सुर्खेत, ११ फागुन– प्रदेश नं ६ का मन्त्री र सांसदका लागि क्षमता अभिवृद्धि तालीम सञ्चालन गरिएको छ । 

संघीय संसद् सचिवालयको आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकदिने तालीममा यस प्रदेशका मन्त्री तथा सांसदको सहभागिता रहेको छ । 

अमेरिकी सहयोग नियोग (युएनडिपी)को आर्थिक सहयोगमा भएको उक्त तालीममा संसदीय अभ्यास, संविधानले दिएको अधिकार, संसद्भित्र हुने क्रियाकलाप, शून्य समय, विशेष समयलगायत विषयमा मन्त्री र सांसदलाई प्रशिक्षण दिइएको ६ नं प्रदेशको संसद् सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिए । 

धेरै सांसद नयाँ भएकाले उहाँहरुका लागि संसदीय अभ्यास र संसद भवनभित्र हुने क्रियाकलापका बारेमा जानकारी दिने उद्देश्यले तालीमको आयोजना गरिएको सचिव पौडेलले बताए । 

प्रदेशका मन्त्री र सांसदलाई संघीय संसद् सचिवालयका सहसचिव कृष्णहरि खड्का, वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो र पूर्वसांसद तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले प्रशिक्षण दिएकाे संसद सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्