०९ असार २०८३, मंगलबार

पहिरोमा पुरिएका आठ शव निकालियो

फागुन ११, २०७४
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता, १२ फागुन– इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

यस पहिरोमा अझै १३ जना किसान पुरिएर रहेका अधिकारीहरुले जानकारी दिएका छन् । पहिरोमा अरु पनि केही व्यक्ति पुरिएको अनुमान गरिएको छ । यसमा परेकाहरुको उद्धारकार्य जारी रहेको जाकार्ताबाट प्राप्त समाचारमा जनाइएको छ । 

यहाँको बे्रबस जिल्लाको पासिर पान्जाङ गाउँमा गएको यस पहिरोको उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरणहरु प्रयोग गर्न नसकेका कारण उद्धारकार्यमा कठिनाई भएको बताइएको छ । 

पहिरो गएको क्षेत्रको भौगोलिक विकटताका कारण यसरी उद्धारका लागि उपकरण प्रयोगमा कठिनाइ उत्पन्न भएको अधिकारीहरुले जनाएका छन् । 

यस उद्धारकार्यमा प्रहरी, सेना र स्थानीयवासीको समेत सहभागीता रहेको प्रकोप नियन्त्रण कार्यालयले जनाएको छ । 

यस पहिरोमा परेका १४ किसानहरुलाई जिवीतै उद्धार गरिएको तर सामान्य रुपमा घाइते भएका सो नियकायले जनाएको छ । घाइतेहरुको नजिकैकाके अस्पतालमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्